Logo

कुटपिटबाट झापामा एक युवकको मृत्यु, हत्यामा संलग्न चौधरी पक्राउ



झापा, ६ कार्तिक । कुटपिटबाट झापामा एक युवकको मृत्यु भएको छ।

बुधबार साँझ बिर्तामोड नगरपालिका ५ बस्ने ३० वर्षीय जगन राजबंशीको अज्ञात व्यक्तिको कुटपिटबाट मृत्यु भएको हो।

आपसी विवादमा राजबंशीमाथि कुटपिट हुँदा उनी गम्भीर घाइते भएका थिए।

उनलाई आफन्तले उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उनको शव पोस्टमार्टमको लागि हाल सोही अस्पतालमा छ।

हत्यामा संलग्न चौधरी पक्राउ

आज बिहानको राति २.१५ बजे बिर्तामोड ५ का २६ वर्षीय हेमकुमार चौधरीलाई शिवसताक्षी – ७ व्याङडाँडाबाट नियन्त्रणमा लिइएको हो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोड ल्याइएको छ । हिजो साँझ ६ः३० बजे झैझगडा हुँदा चौधरीले राजवंशीको कन्चटमा बाँस प्रहार गरेका थिए ।

घटनास्थलमै ढलेका राजवंशीलाई आफन्तले उपचारका लागि बीएण्डसी अस्पताल ल्याइपुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो । उनी आफ्‌ना दाईसंग ग्रिलको काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्