Logo

कुन्दनराज काफ्लेले दिए वाग्मती प्रदेशको प्रमुख सचेतकबाट राजीनामा



काठमाडौँ, १९ भदौ । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले राजीनामा दिएका छन् ।

पार्टी राजनीतिमा थप सक्रिय हुन संसदीय दलको प्रमुख सचेतक पदबाट राजीनामा दिएको उनले बताएका हुन् ।

“कांग्रेस केन्द्रीय सदस्यको रूपमा कांग्रेसमा नवीन उर्जा भर्न थप क्रियाशिल हुन र दोलखाका जनताको सेवामा थप समर्पित हुन संसदीय दलको प्रमुख सचेतक पदबाट राजीनामा दिएको हुँ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्