झापा, ४ जेठ । झापाको दमक नगरपालीकाले आज एकै दिन लक्षित समुदायका लागी दुईवटा कार्यक्रम सञ्चालन गरेको छ । सामाजिक बिकाश समितिको आयोजनामा कुष्ठरोग तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री निशुल्क वितरण र महिलाहरुका लागी तिन चक्के अटो ड्राईभिङ्ग तालिमको उद्घाटन गरेको हो ।
कार्यक्रमको संयुक्त रुपमा दमक नगरपालीकाका प्रमुख राम थापाले उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख थापाले दमक नगरपालीकाले लक्षित समुदायका लागी अत्यन्तै धेरै कार्यक्रमहरु सञ्चालन गरिएको बताउनु भयो । जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई घर घरमै पुगेर निशुल्क स्वास्थ्य परिक्षण देखी लिएर अपाङ्गता भएकाहरुलाई जिविको पार्जनका लागी पनि कार्यक्रम सञ्चालन गरिरहेको नगर प्रमुख थापाले बताउनु भयो । नगरपालीकाको बजेटले नपुगे पनि अन्य संघ संस्थाहरु संग सहयोग लिएर भए पनि लक्षित समुदायको हितका लागी कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई थियो ।
कार्यक्रममा नगर उप प्रमुख रेगिना भट्टराईले अशक्त मानिशलाई शसक्त बनाउनुनै सबै भन्दा ठुलो उपलब्धि भएको भन्दै आफुहरु लागिहेको बताउनु भयो । शारिरिक रुपमा अपाङ्गता भएकाहरुलाई कृतिम अंगहरु दिएर र महिलाहरुका लागी शिप बिकाशका तालिम सञ्चालन गरेर समाजमा स्थापित गराउने काममा नगरपालीका अघि बढिरहेको उहाँले बताउनु भयो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएकी दमक नगरपालीकाको समाजिक बिकाश समिति सम्योजक शारदा भट्टराईले अशक्त असहाय साथै मुलधारमा नरहेको समुदायको हितका निम्ति औपचारीक फोरममा मात्रै नभएर जुनसुकै समयमा पनि सहयोग गर्नुपर्ने बताउनु भयो ।
तिन चक्के अटो ड्राईभिङ्ग तालिममा १२ जना महिलाहरु सहभागी रहेको दमक नगरपालीका महिला बालबालीका तथा जेष्ठनागरिक शाखाकी अधिक्रित जमुना पौडेलले जानकारी दिनुभयो । तालिम लिईसकेपछि अटो सञ्चालन गरेर उहाँहरु स्वाबलम्बि बन्ने अपेक्षा गरिएको अधिक्रित पौडेलले बताउनु भयो ।
त्यसैगरी अपाङ्गता भएका १२७ जनाको नाम दर्ता भएको र उनिहरुको आवस्यकता अनुसारका सहायक सामाग्रिहरु नापजाँच गरिएकाले तयार भएपछि ल्यएर हस्तान्तरण गरिने उहाँले जानकारी दिनुभयो । अपाङ्गता भएकाहरुलाई ह्लि चियर, ट्राईसाईकल, कृतिम हात खुट्टा, स्पेशल जुत्ता, बैशाखी लगायतका सामाग्रिहरु निशुल्क उपलब्ध गराईने अधिक्रित पौडेलले बताउनु भयो ।






