Logo

अग्नि पीडित कृषकलाई राहत हस्तान्तरण



झापा, १ पुस । महारानीगन्ज टोल बिकास समिति अर्जुनधारा वडा नम्बर ११ ले दुई कृषकलाई राहत हस्तान्तरण गरेको छ ।

गत मंसिर १५ गते बेलुकी अज्ञात समुहले अर्जुनधारा ११ महारानीगन्ज टोलका सोनालाल किस्कुको एक बिघा दस कठाको धानको कुन्यु र अम्बर राउतको १४ कठ्ठा धानको कुन्यु दुई सय मिटरको दुरिमा बेलुकी ९ बजे एकै समयमा आगजनी गराएको थियो ।

कार्यक्रममा टोल बिकास समितिको अगुवाइमा ४० मन धान सकलन गरि किस्कु र राउतलाई २०-२० मन धान हस्तान्तरण गरिएको हो । जस्मा टोलका मनकारी अगुवा सहयोगीहरु नरेन्द्र खड्का, गणेश गिरी, केबि चौहान, भुपेन्द्र बिष्ट, बद्री हुमगाइ, बच्चेलाल चौधरी, डम्बर चौधरी, जगत बहादुर मगर लगायत ७८ घरबाट धान संकलन गरिएको समितिका अध्यक्ष नरेन्द्र खडकाले जानकारी दिनुभयो ।

आगजनीबाट किस्कुको सय मन धान र राउतको साठी मन धान खान नहुने गरि नस्ट भएको थियो । किस्कु घर निर्माण गर्ने सामान्य ठेकेदार हुन भने राउत महारानीगन्ज माद्यामिक बिद्यालयका कर्मचारी हुन ।

वडा अध्यक्ष खगेन्द्र इङ्गनामको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा अध्यक्ष इङ्गनाम लगायत सामाजिक ब्याक्तित्व एवम् नेपाली काङ्ग्रेसका वडा सभापती जगत बहादुर मगर, महारानीगन्ज मा बिका अध्यक्ष बिपि कोइराला, पीडित अम्बर राउतले सराहनीय कार्य प्रती धन्यवाद व्यक्त गर्नुभएको थियो ।

महारानीगन्ज मा बिको प्राङ्गणमा भएको कार्यक्रमको अध्यक्षता नरेन्द्र खड्का एवं सहजीकरण सचिव चन्द्र सुबेदिले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्