Logo

कृषिमा प्रविधिसँगै आधुनिकरण आवश्यक: ओली



 

झापा, २४ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबैखाले विकासले मात्रै मुलुकको अवस्था बदलिने बताएका छन् ।

शिवसताक्षी नगरपालिकाको शिवगञ्जमा आयोजित सभामा पूर्वाधार विकाससँगै आर्थिक, कृषिसँगै अन्य क्षेत्रको उन्नति भएमात्रै मुलुक समुन्नत हुने बताए ।

अध्यक्ष ओलीले मुलुकलाई विकासशील राष्ट्रमा पु¥याउन अहिले कृषिको आधुनिकीकरण र प्रविधिको प्रयोग अनिवार्य रहेको बताए। “प्रविधि प्रयोग किसानलाई सिकाउँदै कृषिको आधुनिकीकरण गर्दै लैजानुपर्छ”, उनले भने, “कृषिलाई व्यावसायीकरण गरिए मुलुकको अर्थतन्त्र अघि बढछ ।”

उनले नदी नियन्त्रणसँगै कन्काई बहुउद्देश्यीय परियोजना सुरु गरिने बताए । उनले बिरिङ र कन्काई नदीको तटबन्धको काम अघि बढाउने उल्लेख गरे । देशका लागि सुदृढ राष्ट्रिय एकता आवश्यक रहेको बताउँदै उनले भने, “मुलुकको शान्ति र एकता अहिलेको आवश्यकता हो ।”

प्रतिक्रिया दिनुहोस्