Logo

कृषिमा सूचना प्रणाली अपनाइने



काठमाडौँ, १० जेष्ठ । सरकारले आउँदो आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गर्ने बताएको छ ।

मङ्गलवार संसदमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गरिने बताएकी हुन् ।

कृषि क्षेत्रको आधुनिकीकरण गरेर आर्थिक वृद्धिको आधारलाई बलियो बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । आउँदो वर्षको बजेटमार्फत कृषि उत्पादन बढाउने र यसको बजारीकरण गर्दै आयात प्रतिस्थापन गर्ने नीति लिनका लागि विशेष व्यवस्था गरिने पनि उल्लेख छ ।

राष्ट्रपति भण्डारीले नेपालमा सबैभन्दा धेरै आयात हुने धान, मकै, आलु, प्याज, ओखर जस्ता बालीको आयात विस्थापन गर्ने गरी स्वदेशमै उत्पादन गर्न विशेष कार्यक्रम अघि बढाइने पनि बताइन् । उनले कृषिमा सूचना प्रणाली अपनाइने र किसानको संरक्षण गर्ने नीति लिइने बताइन् ।

प्रतिक्रिया दिनुहोस्