Logo

केआईआईटीबाट निकालिएका एकसय जना बढी विद्यार्थी नेपाल आइपुगे



काठमाडौं, ७ फागुन । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि निकालिएका एकसय जना बढी विद्यार्थी नेपाल आइपुगेका छन् ।

९६ जना विद्यार्थीहरू रक्सौल नाकाबाट नेपाल आइपुगेका हुन् । प्रहरीले उनीहरू घरघरसम्म लैजाने व्यवस्था मिलाएको बताइएको छ ।

यस्तै काँकडभिट्टा नाका र विराटनगरबाट पनि पाँचजना विद्यार्थी नेपाल आएका जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्