काठमाडौं, १ असार। भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा आज बिहान हेलिकोप्टर दुर्घटना भएको छ । उक्त हेलिकोप्टरमा चालकसहित ७ यात्रु रहेका थिए ।
हेलिकोप्टर दुर्घटनामा सबै यात्रुको मृत्यु भएको आशंका गरीएको छ ।
केदारनाथ धाममा गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै हेलिकोप्टर दुर्घटना भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको हो। हेलिकप्टर देहरादूनबाट केदारनाथ जाँदै थियो।
खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ । जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले हेलिकप्टर दुर्घटनाको पुष्टि गरेका छन्। हेलिकप्टर गौरीमाई खर्कमाथिको जङ्गलमा खसेको थियो ।
खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ। दुर्घटनास्थलमा एसडीआरएफ र स्थानीय प्रशासन उद्धारमा खटिएका छन्।