काठमाडौं, ३ पुष । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएका ईश्वर पोखरेलले केन्द्रीय सदस्य निर्वाचित हुँदा प्रतिस्पर्धी केपी शर्मा ओलीभन्दा लोकप्रिय मत ल्याएकाछन्।
एमालेको ११औं माधिवेशनमा केन्द्रीय सदस्य पदमा केपी शर्मा ओलीले भन्दा ईश्वर पोखरेलले धेरै मत ल्याएका हुन्।
पदाधिकारीमा उम्मेदवारी दिएकाहरूले केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिन पाउने व्यवस्था एमालेमा छ।
केन्द्रीय सदस्य खुला तर्फको पदमा भने ओलीले भन्दा धेरै मत पोखरेलले ल्याएका छन्।
केन्द्रीय सदस्यमा ओलीले ९७९ मत ल्याएका छन्। पोखरेलले भने १०८८ मत ल्याएका हुन्।
ओलीले १६६३ मत ल्याएर एमालेमा तेस्रो पटक अध्यक्ष भएका छन्। पोखरेलले भने ५६४ मत ल्याएका छन्।







