Logo

केन्द्रीय समितिकाे बैठक प्रत्यक्ष प्रसारण गराैँ: सभापति देउवा



काठमाडौँ, १ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरेका छन् ।

एक वर्षपछि मङ्गलवारदेखि सुरु हुन लागेको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न देउवाले प्रस्ताव गरेको नेता सशांक कोइरालाले जानकारी दिए ।

बैठकका एजेन्डाबारे छलफल गर्न देउवाले आज सोमवार पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका थिए । पदाधिकारी बैठकमा बैठक कसरी प्रत्यक्ष प्रसारण गर्ने भन्ने विषयमा लामो छलफल चलेको कोइरालाले बताए ।

बैठक प्रत्यक्ष प्रशारण गर्दा नेताहरूले मनबाटै बोल्दैनन् कि भन्ने कोणबाट पनि छलफल भएको पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्