Logo

केन्द्र सरकारविरुद्ध आजदेखि मधेश प्रदेशका मन्त्रीहरुको धर्ना



जनकपुरधाम, २९ साउन । मधेश प्रदेश सरकारले आजदेखि संघ सरकारविरुद्ध पहिलो चरणको आन्दोलन सुरु गर्दैछ ।

प्रदेश सरकारलाई संविधान बमोजिम अधिकार हस्तान्तरण नगरिएको भन्दै मधेस सरकारले आन्दोलन सुरु गर्न लागेको हो ।

प्रदेश सरकारले आजबाट हरेक दिन दुई घण्टा प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिने भएको छ । ​आज विहान ११ बजेदेखि १ बजेसम्म प्रदेश प्रमुख कार्यालयमा धर्ना दिइने प्रदेशका गृहमन्त्री भरतप्रसाद साहले जानकारी दिए । धर्नामा प्रदेशका मन्त्री, प्रदेश सांसदको सहभागिता रहने मन्त्री साहले बताए ।

आगामी एक हप्तासम्म पनि संघीय सरकारले माग सम्बोधन नगरे दोस्रो चरणको आन्दोलन गर्ने मन्त्री साहले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्