Logo

केन्यामा बाढी: ४६ जनाको ज्यान गयो, हजारौँ विस्थापित



केन्या, ३० कात्तिक । केन्यामा बाढीका कारण ४६ जनाको ज्यान गएको छ ।

अल निनो वर्षाका कारण ४६ जनाको ज्यान गएको र अरु भौतिक रुपमा पनि ठूलो क्षति भएको अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । त्यहाँ हजारौँ नागरिक विस्थापित भएका आन्तरिक क्याबिनेट सचिव किथुरे किन्डिकीले बताए ।

सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा उत्तरी केन्याको वाजिर, गारिसा र मन्डेराका साथै पूर्वी क्षेत्रमा माकुएनी, कितुई, पश्चिमी केन्याको होमा खाडी किसुमु रहेका छन् । केन्या सरकाले गारिसा, कितुई ताना नदी तीन काउन्टीमा सुरक्षा सावधानी जारी गरेको छ ।

ताना र आठ नदी विकास प्राधिकरण (टार्डा)ले लगातारको वर्षाका कारण दुईवटा जलाशयमा पानीको बहाव पाँच मिटरभन्दा माथि पुगेको र कुनै पनि बेला थप बाढी आउन सक्ने चेतावनी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्