Logo

केन्यालाई हराउँदै नेपालले जित्याे टी-२० शृङ्खला



केन्या, १४ भदौ । केन्यालाई ३१ रनले हराउँदै नेपालले टी-२० शृङ्खला जितेको छ ।

पाँचौँ तथा निर्णायक खेलमा केन्यालाई हराउँदै नेपालले शृङ्खला जितेको हो ।

नेपालले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४४ रन मात्र बनायो । केन्याका लागि नेहेमिह ओधिआम्बोले ३७ र शेम एनगोचेले ३३ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र बसिर अहमदले दुई-दुई विकेट लिएका थिए ।

रोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रन बनायो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ५९, रोहित पौडेलले ४७, अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए । बलिङतर्फ केन्याका भिराज पटेल, शेम एनगोचे र नेहेमिह ओधिआम्बोले दुई–दुई विकेट लिएका थिए ।

यसअघि शृङ्खलामा नेपालले पहिलो र तेस्रो खेल जित्दा केन्याले दोस्रो र चौथो खेल जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्