Logo

केन्यासँग खेल्दै नेपाल



केन्या, १२ भदौ । नेपाल र केन्याबीच आज तेस्रो टी-२० खेल हुँदैछ । खेल नैरोबीको जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

पाँच खेलको शृङ्खलामा नेपाल र केन्याले समान एक-एक खेल जितेका छन् ।

बिहीवार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने शुक्रवार भएको दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

नेपाल र केन्याबीचको चौथो टी-२० खेल भोलि र पाँचौँ तथा अन्तिम खेल पर्सि हुनेछ । पाँच खेलको टी-२० शृङ्खलापछि नेपालले घरेलु टोली केन्यासँग तीन खेलको एक दिवसीय शृङ्खला खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्