पोखरा, १५ मङ्सिर । केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र मधेस प्रदेश खेल्दैछन् । खेल दिउँसो साढे १२ बजे पोखरा रङ्गशालामा शुरु हुनेछ ।
बिहीवार भएको पहिलो सेमिफाइनल खेलमा बाग्मती प्रदेशलाई ४ विकेटले हराउँदै आर्मी फाइनलमा पुगेको हो भने दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ११ रनले हराउँदै मधेस फाइनलमा पुगेको हो ।
प्रतियोगिताको उपाधि विजेताले पाँच लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै ‘म्यान अफ द सिरिज’ ले ३० हजार, बेस्ट ब्याटर र बलरले समान २० हजार रुपैयाँ पाउने छन् ।