Logo

केपी ओलीलाई भेट्न वामदेव बालकोटमा



काठमाडौँ, १६ असार । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपा एकता अभियानका संयोजक वामदेव गौतम बालकोट पुगेका छन् ।

गौतम केहीबेर अगाडि मात्रै ओली निवास बालकोट पुगेका हुन् । एमाले छाडेपछि गौतमले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए ।

वाम एकीकरण वा चुनावी मोर्चा निर्माण गर्ने प्रयासलाई लिएर गौतमले ओलीलाई भेटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्