Logo

केपी ओली र बाबुराम भट्टराईबीच भेटवार्ता



काठमाडौँ, १८ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईबीभ भेटवार्ता भएको छ ।

ओली र भट्टराईबीच सोमवार ओली निवास बालकोटमा भेटवार्ता भएको हो ।

भेटमा समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन र सरकारको प्रभावकारिता लगायत विषयमा छलफल भएको छ ।

नेकपाले गएको मङ्सिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्