विराटनगर, २२ असार । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुखसहितको मत जोडेर बिहीबार साँझ मुख्यमन्त्री नियुक्त भएका थापाले आज प्रदेश प्रमुख पर्शराम खापुङसँग शपथ लिएका हुन् ।
थापाले आजै सानो मन्त्रीमण्डल गठन गर्ने भएका छन् । काँग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जबेगुले मन्त्रीमा शपथ लिने तयारी छ ।







