Logo

के हो 5 G इन्टरनेट ? के ल्याउँछ परिवर्तन ?



सन् १९५० को दशकबाट कम्प्युटरको बिकास भएसँगै नेटवर्किङ इन्टरनेटको इतिहास सुरु भएको हो । कम्प्युटरसँगै नेटवर्किङ प्रणालीको बिकास भएपनि सन् १९८२ मा मात्र इन्टरनेटको बिकास भएको हो । शितयुद्धकालमा भरपर्दो सूचनाका लागि इन्टरनेटको प्रयोग गरिएको थियो । राज्यका निकाय, प्राध्यापक, चिकित्सक जस्ता सीमित वर्गले इन्टरनेटको प्रयोग गरेका थिए ।

सन् १९९५ पछि नयाँ मोडलका भूउपग्रहको संचालनले इन्टरनेटको व्यावसायीकरण सम्भव भएको हो । इन्टरनेटको व्यावसायीकरणले सन् २००० बाट आम मानिसको पहुँचमा इटरनेट पुगेको हो । इन्टरनेटको बिकास सूचना प्रविधमा भएको एक क्रान्तिकारी परिवर्तन हो । यसले शिक्षा, स्वास्थ्य, मनोरञ्जन, सञ्चार, प्रविधि, ज्ञान, विज्ञानको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको छ ।

इन्टरनेटको बिकासले टेलिफोनको विकल्पमा मोवाइल फोन सम्भव भएको हो । ताररहित मोवाइल सम्वादले दुनियाँलाई आश्चर्यमा पारेको थियो । मोवाइलको बिकास सूचना प्रविधिको नयाँ प्रयोग थियो । वान जी इन्टरनेट, जसको प्रयोगबाट टेलिफोनको विकल्पमा एनलग मोवाइल प्रयोगमा आएको थियो । टु जीबाट मोवाइलमा म्यासेज आदानप्रदान हुन थाल्यो भने थ्री जीबाट मोवाइलबाट भिडियो आदानप्रदान सम्भव भयो । फोर जीमा यि सबै कामका लागि स्पिड बढाइयो ।

थ्री जी र फोर जीसम्म आइपुग्दा प्रविधिमा व्यापक परिवर्तन आयो । मानिसका हातहातमा हुने स्मार्ट फोनले मानिसको सोच्ने र काम गर्ने तरिका बदलदियो । मानिस सूचना प्रविधिमा यति अभ्यस्त भयो कि अव इन्टरनेट बिना जीउन असम्भव जस्तै भएको छ ।

शिक्षा, स्वास्थ्य, मनोरञ्जन, सञ्चार, प्रविधि, ज्ञान, विज्ञानका क्षेत्रमा मात्र होइन, दुनियाँको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृति परिवर्तन व्यापक देखिएको छ । मानिसले सूचना प्रविधिको व्यापक प्रयोग गरेका छन् । डेढ दशकको इन्टरनेट प्रयोगपछि दुनियाँ पाइभ जीको तयारी हुँदैछ । सूचना प्रविधमा फाइभ जीको प्रयोगले दनियाँ नयाँ यात्रामा हिँड्ने अनुमान गरिँदैछ ।

के हो फाइभ जी ?
इन्टरनेटमा फाइभ जी पछिल्लो पुस्ताको प्रविधि हो । फोर जी र फाइभ जीमा प्रविधिका हिसावले गुणात्मक अन्तर छ । फोर जी प्रविधिको प्रयोग ३० किलोमिटरसम्म टावरका माध्यमबाट तरङ्ग प्रवाह हुन्थ्यो भने फाइभ जीमा एन्टेना मार्फत प्रवाह हुने गर्दछ । फाइव जी इन्टरनेट, मानिस पुथ्वीबाट मंगलग्रहमा अवतरण गरे जस्तै भएको बताइन्छ । इन्टरनेट फोर जी को फूल स्पिड भन्दा फाइभ जीको २५ गुणा बढी हुनेछ ।

एउटा फिल्म डाउनलोड गर्न मात्र साढे ३ सेकेण्ड लाग्ने कुराले फाइव जी इन्टरनेट कति स्पिड हुन्छ भन्ने अनुमान गर्न सकिन्छ । फोर जी इन्टरनेटबाट कुनै कि दवाउँदा सर्भरमा पुग्न ४५ मिलिसेकेण्ड लाग्छ भने फाइभ जीमा १ मिलिसेकेण्ड मात्र लाग्दछ । फाइभ जी सेन्सरबाट सञ्चालन हुने भएकाले टाइप गर्दा वा वटम दवाउँनासाथ सर्भरमा पुगिसक्छ ।

चीन र दक्षिण कोरियाले फाइभ जी प्रविधिको विकास गरिरहेका छन् । फाइभ जी प्रविधि नेपालमा भित्राउने तयारी सरकारले गरेको छ । ढिलो चाँडो नेपालमा पनि यो प्रविधि आउँछ । थ्री जी र फोर जीमा वेभ अर्थात डाटा प्रवाह हुन ३ देखि ६ गिगाहर्स चल्दथ्यो भने फाइभ जीमा ५ गिगाहर्सदेखि ३ सय किलोहर्सले चल्नेछ । फाइभ जीले मिलि सेकेण्डमा जवाफ दिने गर्दछ ।

फाइभ जीले ल्याउने परिवर्तन
भनिन्छ, अबको दसनियाँ फाइभ जीको हो । फोर जीमा मानिसले प्रविधिको प्रयोग गरे । अर्थात मानिसले प्रविधिको भरपूर उपयोग गरे तर फाइभ जीमा प्रविधिले मानिसलाई चलाउने छ ।

इन्टरनेटमा फोर जीसम्मको यात्रामा मानिसले प्रविधिको व्यापक प्रयोग गरे भने फाइभ जी प्रविधिबाट मानव समुदाय सञ्चालन हुने यसका जानकारको भनाइ छ ।
मानिस प्रविधिको इसारामा चल्न वाध्य हुनेछन् । तपाई मानिससँग सम्वाद गरेर होइन, मेशिनसँग सम्वाद गरेर कुनै काम गर्नु पर्नेछ । मेशिनलेनै तपाईले गाइड गर्नेछ । मानिस मेशिनको एक हिस्सा हुन वाध्य हुनेछ ।

फाइभ जी प्रविधिले मानिसको काम गर्ने, हिँड्ने, डुल्ने, खाने, आराम गने जस्ता जीवनका आधारभूत कुरामै व्यापक परिवर्तन ल्याउने छ । सूचना, सञ्चार, पत्रकारितामा मात्र होइन, व्यापार, उद्योग, बजार, क्रय, बिक्रय, पुँजी, राजनीति, क्रान्ति, परिवर्तन जस्ता कुरामा व्यापक परिवर्तन आउने छ । यि सबै चिज फाइभ जीको अनिवार्य हिस्सा हुनेछन् ।

फाइभ जीको प्रयोगबाट बिना चालक सवारी साधन चल्लेछन् । सवारी चालकको काम सेन्सरबाट हुनेछ । अर्थात, कार, बस, रेल, ढुवानीका सवारी बिना चालक सञ्चालन हुनेछन् । भविश्यमा चालक बिनाका सवारीसाधन सडकमा गुड्ने छन् । यसको अभ्यास चीन, दक्षिण कोरिया, अमेरिका लगायतका देशमा भइरहेको छन् ।

कुनै उद्योग, कार्यालय वा घरको काम आधुनिक रोवोर्टबाट हुनेछ । कार्यालयमा कर्मचारी आवश्यक परे आवेदन माग्ने, अन्तर्वार्ता र छनोट गर्न एपको प्रयोग हुनेछ । मेशिनले नै प्रश्न गर्ने र नतिजा निकाल्ने काम गर्नेछ । यस्तो फोर जी प्रविधिबाट पनि भइरहेको छ तर फाइभ जीमा व्यापक रुपमा हुनेछ ।

यस्तो प्रक्रियाले मानिसको ठूलो सख्या वेरोजगार बन्न सक्ने सम्भावना पनि त्यत्तिकै छ । फाइभ जीको अर्को सम्भावित समस्या भनेको तरङ्गले मानिसमा पार्ने असर हो । तरङ्गले मानिसमा कस्तो प्रभाव पार्न सक्छ र त्यसको निदान के हुन सक्छ भन्ने अनुसन्धान भइरहेको छ ।

नेपालमा यो प्रविधि आएपछि अहिलेको भन्दा कयौँ गुणा बढी बदलाव आर्थिक, सामाजिक, राजनीतिक, बिकास, सञ्चार, उद्योग, व्यावसायमा लगायतका क्षेत्रमा देखिन्छ । फाइभ जीको विकासले सूचना प्रविधिमा नागरिकको लगभग पूर्ण पहुँचमा हुने अनुमान गरिएको छ ।

इन्टरनेटमा फोरजीसम्मको यात्रामा मानिसले प्रविधिको व्यापक प्रयोग गरे भने पाइभजी प्रविधिबाट मानव समुदाय सञ्चालन हुने विज्ञको भनाइ छ । पाइभजी प्रविधि नेपालमा भित्राउने तयारी सरकारले तयारी गर्दैछ । ढिलो चाँडो नेपालमा पनि यो प्रविधि आउँछ ।

फाइभ जी प्रविधिले नेपालका मिडियामा पनि व्यापक परिवर्तन ल्यानेछ । आफूलाई बदल्न नसक्ने पत्रकार र मिडिया त्यो नयाँ युगबाट पलायन हुनु पर्ने अवस्था आउँछ । सूचना प्रविधिको विकासले पत्रकारको मात्र होइन, मिडियाको संख्यामै कमी आउँछ । सामाजिक सञ्जाल जस्ता अनौपचारिक माध्यमनै पावरफूल हुन्छन् । मिडिया र पत्रकारको ठूलो हिस्सा कोल्याप्स हुने सम्भावना रहन्छ ।

उच्च प्रविधिको पाइफ जी इन्टरनेटको प्रयोगले मानव समुदायका सबै संरचनालाई प्रभावित पार्ने निश्चित छ । यसले विश्वव्यापीकरणलाई झन तिब्रता दिनेछ । सूचना, शिक्षा, ज्ञान, चेतना जस्ता विषयको दूरी लगभग समाप्त पारिदिनेछ । सिक्ने र सिकाउने बीचको अन्तर समाप्त गर्ने भएकाले औपचारिक शिक्षको भन्दा ज्ञान र क्षमताको महत्व बढ्ने हन्छ ।

मानिसको बिकास र सामाजिक संरचनामा व्यापक परिवर्तन ल्याउँछ । सूचना प्रविधिको प्रयोग बिना कुनै कुरा पनि सम्भव हुन छाड्छ । सूचना प्रविधिलाई अलग गरेर मान्छेले सोच्ने कुरा लगभग समाप्त हुन्छ । यसर्थ, कस्तो परिवर्तन हुन्छ ? भन्नु भन्दा व्यापक परिवर्तन हुने पूर्वानुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्