Logo

कैद जीवन बिताइरहेका २१ जना नेपालीले पाए क्षमादान



कतार, ७ वैशाख । वैदेशिक रोजगारीमा कतार गएका र विभिन्न कारणबस् जेल सजाय भोगिरहेका २१ जना नेपालीले त्यहाँको सरकारबाट क्षमादान पाएका छन् ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमाजानको अवसरमा त्यहाँका कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन बिताइरहेका २१ जना नेपालीलाई क्षमादान दिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार क्षमादान पाउनेहरुमध्ये यौनजन्य क्रियाकलापमा तीन, चोरीजन्य क्रियाकलापमा ११, मादकपदार्थ बिक्रीवितरणमा दुई र आर्थिक हिनामिनामा पाँच जना कसुरदार ठहरी सजाय भोगिरहेका थिए । क्षमादान पाएका व्यक्तिलाई सम्बन्धित निकायले जानकारी गराउने प्रक्रियामा रहेको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्