Logo

कैलालीका युवकको भारतमा हत्या



भारत, ३ माघ । कैलालीको लम्कीचुहा-६ वावनपुरका एक युवकको भारतको महाराष्ट्रमा हत्या भएको छ ।

रोजगारीको सिलसिलामा भारत महाराष्ट्रको आलिबागमा बस्दै आएका १८ वर्षीय कमल विकको आफ्नै साथीहरुले हत्या गरेको आशङ्का गरिएको मृतककी आमा पार्वती कामीले बताइन् ।

गत पुस २६ गते रोजगारीको सिलसिलामा भारतको आलिबागमा रहेका छोराको बीभत्स हत्या गरिएको भन्दै आमा उनले वावनपुर घर भई आलिबागमा बस्दै आएका सागर विक, टोपु विक, मनोज विक र सन्तोष बादीको नाममा किटानी जाहेरी दिनाका साथै यही माघ १ गते भारतको महाराष्ट्र राईगढ जिल्ला आलिबाग ठाना प्रहरीमा पनि उजुरी दिएको बताइन् ।

हत्यामा संलग्न टोपु विक र मनोज विक सहोदर दाजुभाइ हुन् । छोराको मृत्युको खबर सुनेपछि गत पुस २७ गते नेपालबाट आफू भारत गएको र हत्या नै भएको पुष्टि भएपछि किटानी जाहेरी दिएको पार्वतीले जनाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्