Logo

कैलालीमा गठबन्धनका उम्मेदवारको गाडी तोडफोड



कैलाली, २८ कात्तिक । कैलालीमा सत्ता गठबन्धनका उम्मेदवारको गाडीमा तोडफोड भएको छ ।

कैलाली निर्वाचन क्षेत्र नम्बर-३ प्रदेशसभा क्षेत्र (२) का सत्ता गठबन्धनका उम्मेदवार अमरबहादुर साउँदको गाडीमा तोडफोड भएको हो ।

घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा अज्ञात समूहले तोडफोड गरेको बताइएको छ ।

घोडाघोडी नगरपालिका-५ मा घरदैलो कार्यक्रममा प्रयोग गरिएको से १ च १५९० नम्बरको गाडीको पछाडिको भागको सिसा फुटाइएको छ । गाडी तोडफोड गर्ने व्यक्तिको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

उम्मेदवार साउदले भने विपक्षीहरुले नियोजित रुपमा तोडफोड गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्