Logo

कोइराला समूहको निष्कर्ष: नेतृत्वले एक्लौटी गर्यो



काठमाडौँ, १६ असार । नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टीमा एक्लौटी भएको आरोप लगाएको छ ।

आज अनुपम फुडल्यान्ड बत्तिसपुतलीमा बसेको कोइराला समूहको बैठकले भ्रातृ संस्थामा नेतृत्वले एक्लौटी गरेको ठहर गरेको हो ।

भ्रातृ संस्थामा सबै पक्षको प्रतिनिधित्व नगरेर आफ्ना मान्छेलाई मात्र भर्ती गरिएको कोइराला पक्षको आरोप छ ।

यस्तै, बैठले पार्टी विधानअनुसार चल्न नसकेको निष्कर्ष निकालेको हो । साथै बैठकले पार्टीले ६ महिनामा गर्नुपर्ने काम गर्ने नसकेको पनि ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्