Logo

कोइराला समूहलाई २५ प्रतिशत दिए पछि काँग्रेसमा सहमति जुट्यो



काठमाडौँ, १६ असोज । नेपाली काँग्रेस भित्रको गुटगत किचलो सहमतिमा टुंगिएको छ । पार्टी सभापति देउवा र शेखर कोइराला समूहबीच आज भएको छलफलमा कोइराला समूहले समानुपातिकमा २५ प्रतिशत भाग पाउने सहमति भएको हो । सहमति अनुसार काँग्रेसले उम्मेदवारको बन्दसूची हेरफेर गरेको छ ।

निर्वाचन आयोगले असोज २ र ३ गते बुझाएको बन्दसूचीमाथि हेरफेरका लागि आजसम्म समय दिएको थियो । समानुपातिकमा लगभग २५ प्रतिशत कोइराला पक्षलाई दिएपछि देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलाई आफूले राखेको ७५ प्रतिशतभित्रै समेट्ने भएका छन् ।

नेता शेखर कोइराला पक्षले सभापति देउवाले समानुपातिक सूचिमा एकलौटी गरेको भन्दै विरोध गरेको थियो । कोइराला पक्षका नेताहरूले समानुपातिक बन्दसूची सच्याउन माग गर्दै खबरदारी भेला, बैठक र धर्नासम्म गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्