Logo

कोप-२८ सम्मेलन नेपालका लागि उपलब्धिमूलक: मन्त्री महताे



काठमाडौँ, २३ मङ्सिर । वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-२८) नेपालका लागि उपलब्धिमूलक भएको बताएका छन् ।

युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजना भएको सम्मेलनमा सहभागी भइ नेपाल फर्कने क्रममा कुरा गर्दै उहाँले यसपटकको सम्मेलनमा नेपालका मुद्दाबारे चर्चा हुनुका साथै प्राथमिकता पाएको उल्लेख गरेका हुन् ।

कोप-२८ मा सहभागी भएर मन्त्री डा.महतो आज स्वदेश फर्किएका छन् । `यसपटक हामी `वानडोर विन्डोज सिस्टमुबाट प्रस्तुत भएका थियौँ । यसको परिणाम हाम्रा आवाज प्रभावकारी भएका छन्´, उनले भने ।

यूएईको दुबईमा यही मङ्सिर १४ गतेदेखि शुरू भएको त्यस सम्मेलन मङ्सिर २६ गतेसम्म चल्नेछ । यस सम्मेलनको प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका मुद्दाबारे चर्चा मात्र भएन यसले प्राथमिकतासमेत पाएको छ । मन्त्री डा.महतोले कोप-२८ को पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमण गरेको र नेपाललाई उच्च प्राथमिकतामा राखेकाले पनि यसपटक सम्मेलनमा नेपालका मुद्दाले विश्व मञ्चमा चर्चा भएको बताए ।

यसपटकको सम्मेलनमा नेपालको आफ्नै पेभिलियन भएकाले जलवायु परिवर्तनका बारेमा प्रभावकारीरूपमा छलफल तथा अन्तरक्रिया गरिएको मन्त्री डा.महतोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्