Logo

कोरियाली राष्ट्रपतिका विशेष दूतले भेटे प्रधानमन्त्री दाहाललाई



काठमाडौँ, २ फागुन । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योअलका विशेष दूत सुङ मिन जङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर जङसहितको ८ जनाको टोलीले प्रचण्डसँग शिष्टाचार भेट गरेको हो ।

भेटवार्तामा दुई देश बीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सदृढ बनाउने, आर्थिक सहयोग आदानप्रदान लगायतका विषयमा महत्वपूर्ण छलफल भएको थियो ।

इपीएसमार्फत् अझ बढी कामदार कोरिया लैजाने, दक्षिण कोरियाबाट नेपालमा प्राप्त सहयोग बढाउने विषयमा पनि छलफल भएको थियो । आगामी वर्ष नेपाल र दक्षिण कोरियाबीच कुटनीतिक सम्बन्ध सुरु भएको ५० वर्ष पुग्ने भएकाले त्यसलाई भव्यताका साथ मनाउने विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्