काठमाडौँ, १० साउन । कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
केही समय सङ्क्रमणका कारण ज्यान जाने क्रम रोकिए पनि पछिल्ला केही दिनयता ज्यान गुमाउनेको सङ्ख्या थपिने क्रम बढिरहेको छ । अहिलेसम्म नेपालमा कोरोनाका कारण ११ हजार नौ सय ५९ जनाको मृत्यु भएको छ ।
यस्तै २४ घण्टामा ६ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यही अवधिमा थप दुई सय १८ जना सङ्क्रमित निको भएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार सात सय १४ जना पुगेको छ ।