
कोरोना संक्रमितको संख्या बढेपछि प्रदेश सरकारले झापामा कोरोना संक्रमितको उपचार गर्ने अस्पताल र पिसिआर विधिबाट परीक्षण गर्ने प्रयोगशालाको प्रस्ताव गरेको हो ।
कचनकबलमा ३३ संक्रमित देखिएपछि प्रदेश सरकारका सामाजिक विकास मन्त्रीले झापाका राजनीतिक दल, प्रशासन, स्वास्थ्य अधिकारीलाई कोरोना उपचार अस्पताल र प्रयोगशालाको स्थान निर्धारण गर्न अनुरोध गरेका हुन् । प्रदेश सरकारको निर्णय अनुसार झापामा अस्पताल र प्रयोगशालाको खोजी भएको हो ।
प्रदेश सरकारको अनुरोध अनुसार राजनीतिक दल, जिल्ला समन्वय समिति, चिकित्सक, प्रशासन र प्रहरीकोसमेत सक्रियतामा मेची अञ्चल अस्पतालको पूर्वमा निर्माणाधिन भवनलाई कोरोना उपचार अस्पताल र जनस्वास्थ्य तालिम भवनलाई प्रयोगशाला बनाउन सिफासिर गरिएको छ ।
तर, जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेलको संयोजकत्वमा भएको कोरोना भाइरस संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समिति झापाले सिफरिस गरेका यि दुई स्थान सिफारिस गरेसँगै विवाद सुरु भएको छ । स्थानीयबाट अस्पताल र प्रयोगशाला मानव बस्ती नजिक नबनाउन नहुने भन्दै प्रतिक्रिया व्यक्त गरिएको छ ।
राजनीतिक दल, प्रशासन, संघ संस्था लगायतको प्रतिनिधित्व रहेको समितिले गरेको निर्णय दुई दिन बित्न नपाउँदै स्थानीयबासीले बिरोध गरेका छन् । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भिडियो सन्देश मार्फत निर्माणधिन भवनमा कोरोना अस्पताल र तालिम हलमा प्रयोगशाला बनाउन उपयुक्त नहुने सार्वजनिक धारणा व्यक्त गरेका छन् ।
स्थानीय मुद्दामा राष्ट्रिय नेताले प्रतिक्रिया व्यक्त गर्दा विवाद झन गाँठो पर्ने सम्भावना देखिएको छ । काँग्रेसका जिल्ला सभापति उद्धव थापाले मेची अञ्चल अस्पतालको निर्माणाधिन भवनमा बनाउन सहमति गरेपनि नेता सिटौला र स्थानीय कार्यकर्ताको प्रतिक्रियाले विवाद बढेको छ ।
स्थानीय बेखबर
कोरोना भाइरस संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समिति झापामा सबै राजनीतिक दलका जिल्ला प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि संलग्न छन् । जिल्ला राजनीतिक दलले निर्णय गरेपछि स्थानीय नेता र जनप्रतिनिधिलाई सोध्नु वा उनीहरुसँग छलफल गर्नु नपर्ने प्रवृति छ । वडा र नगरमा पनि दल छन्, नगरपालिका र वडा कार्यालय छन् ।
उनीहरुसँग पनि यस्तो जटिल विषयमा परामर्श गर्नु सान्दर्भिक हुन्छ भन्ने चेत नुहँदा समस्या बल्झिएको हो । नेपाली काँग्रेस झापाका सभापतिले सहमति गरेपनि अस्पताल भएको वडाका अध्यक्ष गौरव सुब्बाले चुप लाग्नु पर्ने, नेकपाका अध्यक्षले भनेपछि मेयरले चुप लागिदिनु पर्ने ? स्थानीयले आक्रोस व्यक्त गरेका छन् । स्थानीय सरोकारवालासँग दलका जिल्ला नेताले परामर्श नगर्दा विवाद बल्झिएको हो ।

स्थानीयमा भ्रम
कोरोना संक्रमणबाट मानिस कति त्रसित छन् भन्ने मेची अञ्चल अस्पतालको निर्माणाधिन भवनलाई कोरोना उपचार अस्पताल र जनस्वास्थ्यको तालिम हललाई पिसिआर परीक्षण गर्ने प्रयोगशाला बनाउने विषय र विवाद हेर्दा थाहा हुन्छ ।
सोमबार स्थानीयबीचमा भएको छलफलमा त्यहाँ अस्पताल बने ओरपर सबैलाई संक्रमण हुन्छ भन्ने बुझाई छ । जनस्वास्थ्यको तालिम हलमा प्रयोगशाला राख्दा सडकमा हिँड्ने मानिस संक्रमित हुन्छ भन्ने आशयबाट कुराहरु राखिए । त्यही भाषा नभनिएपनि त्रासको त्यही छनक पाइन्थ्यो । कोरोना भाइरसका सम्बन्धमा नकारात्मक अफवहा र भ्रम पनि छन् ।
मेची अञ्चल अस्पतालको भवन भन्दा पूर्व अलग्गै छ, निर्माणाधिन भवन । ल्याब पनि अलग्गै छ । सडमा हिँड्ने मानिसलाई ह्वारह्वारती कोरोना सल्किने भए धेरै डाक्टर र स्वास्थ्यकर्मी जीपिवत हुने थिएनन् । बोर्डरमा सुरक्षाका लागि मास्क बिना खटिएका सुरक्षाकर्मी सुरक्षित हुने थिएनन् ।
कोरोनासँग सजक भएपनि त्रसित हुनु नपर्ने स्वास्थ्य विज्ञले सुझाव दिएका छन् । मेचीमा कोरोना ल्याब र अस्पताल उपयुक्त छ छैन छ भने चिकित्सा विज्ञानको विषय हो । पार्टीका नेताले वा गरैचिकित्सकीय क्षेत्रको व्यक्तिले प्रतिक्रिया दिएर हुँदैन ।
स्वास्ुथ्यकर्मी वा त्यसका जानकारीले अस्पतालको निर्माणाधिन भवन कोरोना अस्पताल र जनास्वास्थ्यको तालिम हलमा प्रयोगशाला राख्नु उपयुक्त छ छैन ? भनेर सुझाव वा प्रतिक्रिया आउनु पर्ने हो, तर गैरचिकित्ाि विज्ञानको क्षेत्रबाट आउनु काम कुरो उकातिर, कुम्लो बोकी थिमी तिर भने जस्तै हो ।
जनाकारीको अभाव
कोरोना संक्रमणबाट सिङ्गो समाज त्रसित भएका बेला विभिन्न कोणबाट कुरा उठ्नु स्वभाविक हो । तर, राजनीतिक दल, स्थानीय सरकारले त्यसलाई निरोपण गर्नु पर्छ । अस्पताल र प्रयोगशाला संचालनमा आउँदा मेची अञ्चल अस्पतालको पुरानो भवनबाट संचालन भइरहेका अन्थ सेवा बन्द हुन्छ कि हुँदैन ? भन्ने मूल प्रश्न हो । सर्वसाधारण मानिसले उपचार गर्ने सरकारी अस्पतालको अन्य सेवा बन्द गर्नु हुँदैन, पुरोनो भवनबाट सेवा नियमित होस् भन्ने मनशाय हो । तर, यसमा बुझाईको कमी छ ।
जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलले अस्पतालको सेवा बन्द नहुने बताएका छन् । उनले सेवा अवरोध नहोस भन्नका लागि नै नयाँ भवनमा संचालन गर्न खोजिएको बताए । प्रदेश सरकार, राजनीतिक दल र कोरोना समितिले गर्न खोजेको काम र योजनाका विषयमा स्थानीय वडा अध्यक्षनै अनवित्र देखिन्छन् । राजनीतिक दल र जिल्लाको कोरोना समितिले स्थानीय नागरिकलाई हामी यो यो गर्ने भनेर प्रस्ट पार्न नसक्नु परिणाम अहिलेको विवाद हो ।
विकल्प
मेची अञ्चल अस्पताल प्रदेश नम्बर १ सरकारको सबै भन्दा ठूलो अस्पताल हो । प्रदेश सरकारले कोरोना अस्पतालका लागि लगानी गर्ने भनेको सम्भव भएसम्म पुरानै अस्पतालमा हो । कोरोना सकिएपछि अन्य सेवामा त्यो पुर्वाधार काम लागोस भन्ने हो । यो राम्रो कुरा पनि हो । कतिपयले कलबलगुडीलाई कोरोना अस्पताल र प्रयोगशाला बनाउनु पर्ने तर्क गरेका छन् । यो तर्क काम नलाग्ने होइन । तर, कोरोना सकिएपछि त्यहाँ लगानी भएका करोडौँका संरचना पुनः प्रयोगमा आउँछन् त ? भन्ने प्रश्न पनि उठ्छ ।
मेची अस्पतालको निर्माणधिन भवनमा कोरोना संक्रमितको उपचार गर्दा र ल्याब संचालनमा ल्याउँदा संक्रमण फैलन्छ भने अन्यत्र सार्नु उचित हुन्छ । अन्यता स्वास्थ्य सेवा बिस्तारमा अवरोध गर्नु उचित हुँदैन । आज केचनामा ३३ जना संक्रमित देखिएका छन् ।
भोली भ्रद्रपुर, त्यसमा पनि अस्पतालमा आसपासका टोलमा सयौँको संख्यामा संक्रमण देखिए त्यसबेला हामी के भन्छौँ ? बिराटनगर हाम्रा लागि थिक छ भन्छौँ कि ? मेची अस्पतालमै उपचार चाहियो भन्छौँ भन्ने पनि अस्पताल र प्रयोगशाला बन्नु पर्छ भन्नेको मत छ ।
रोग जो कोहीलाई लाग्न सक्छ । आज हामीलाई छैन भनि ठानेका छौँ । तर, परीक्षण गर्दा कोरोना हामीमा पनि हुन सक्छ । यो महामारी हो, स्वास्थ्य केन्द्र जति नजिक र सुलभ हुन्छ, नागरिक त्यति सुरक्षित हुन्छन् । विवाद गरेर मेची अस्पतालको पूर्वाधार विकासमा अवरोध पुग्न सक्छ । यसमा सबै सचेत हुनु पर्ने पनि मत छ ।