
आज अप्रिल ११, २०२० तदनुसार २०७६ चैत २९ गते हो । विश्वभरि फैलिएको महामारी कोभिड–१९ रोगसँग मानव जातिले संघर्ष गरेको ४ महिना हाराहारी भइसकेको छ । महामारीले यो छोटो अवधीमा विश्वभरिका अधिकाधिक मानिसको ज्यान लिइसकेको छ । यो संख्या १ लाख नाघिसकेपछि म ल्यापटप अगाडि घोत्लिदै छु र यो आलेख तयार पार्न लागिरहेको छु । यसबेला विश्वभरका २१३ देश र स्वायत्त क्षेत्रमा यो रोग फैलिएको छ । संक्रमित संख्या १७ लाख नाघेको छ ।
प्रारम्भिक चरण
गत डिसेम्बरमा चीनको हुवेई प्रान्तको वुहान शहरमा निमोनिया जस्तै एक घातक रोग देखाप¥यो । यसको पहिचान विश्व स्वास्थ्य संगठनको तर्फबाट ३१ डिसेम्बरमा भयो । यो विश्वभरि फैलाउन सक्ने एक नयाँ भाइरसको कारण भएको पुष्टि गरियो । प्रारम्भा उक्त भाइरसलाई नोवेल कोरोना भाइरस भनिएको थियो । चीनभन्दा बाहिर पहिलोपटक यसको संक्रमण १३ जनवरीमा थाइल्याण्डमा देखाप¥यो । त्यसबेलासम्म चीनमा ४१ जनामा संक्रमण फैलिसकेको थियो भने १ जनाको मृत्यु भइसकेको थियो ।
विश्व स्वास्थ्य संगठनले ३० जनवरीमा स्वास्थ्य आपतकाल घोषणा ग¥यो । त्यसपछि विश्वभर यसलाई लिएर अनेक विचार र निष्कर्ष निकाल्न थालियोे । विभिन्न देशहरुले फरकफरक रणनीति अख्तियार गर्न शुरु गरिसकेका थिए । अमेरिकाले त्यसअघिदेखि नै चीनबाट अमेरिका प्रवेश रोकिसकेको थियो ।
फेब्रुअरी ११ मा विश्व स्वास्थ्य संगठनले उक्त रोगको औपचारिक नामाकरण ग¥यो ः COVID-19 अर्थात् Corona Virus Disease 2019 यो रोग सार्ने भाइरसको नाम SARS-COV-2 अर्थात् Severe Acute Respiratory Syndrome Corona Virus 2 राखियो । त्यसबेलासम्ममा चीनमा ४२ हजार ७ सय ८ जनामा रोग पुष्टि भएको थियो । त्यहाँ १ हजारभन्दा बढिले ज्यान गुमाइसकेका थिए ।चीनबाहेक २४ देशमा भाइरस फैलिसकेको थियो र ३९३ जना संक्रमित एवम् १ जनाको मृत्यु भइसकेको थियो ।
अमेरिका फस्ट
कोभिड–१९ चीनबाट शुरु भयो । निश्चित रुपमा प्रारम्भमा चीन नै बढि यसबाट प्रताडित रह्यो । तर, अहिलेसम्मको आँकडा हेर्दा सबैभन्दा पीडित संयुक्त राज्य अमेरिका देखिएको छ । अमेरिकामा संक्रमितको संख्या ५ लाख नाघिसकेको छ भने मृत्यु हुनेको संख्यामा पनि आजदेखि इटालीसमेतलाई उछिनेर ऊ पहिलो स्थानमा पुग्दैछ ।
उता उपचारको सफलतामा पनि स्पेन र जर्मनी अगाडि छन् ।चीनले आफ्ना बिरामी करिबकरिब सबैलाई निको बनाइसक्यो । थप संक्रमित धेरै दिनदेखि देखिएका छैनन् । मृत्यु पूर्णतः रोकिएको छ । वास्तवमा वुहानभन्दा बाहिर संक्रमण रोक्न चीनियाँ सरकार पहिल्यै सफल देखिएको थियो । त्यहाँको जनजीवन अहिले सामान्य अवस्थामा फर्किसकेको छ ।
अमेरिकामा भने ५० वटै राज्यमा संक्रमण फैलियो । ४९ राज्यमा मृत्यु भइसकेको छ । त्यहाँ रहने नेपालीहरुको पनि मृत्यु भएको खबर छ । यसर्थ रोग नियन्त्रणमा लिएर सफल उपचार गर्ने कार्यमा समेत अमेरिका पछाडि परेको देखिन्छ ।
अहिलेसम्म प्रत्येक दिनको तथ्यांक केलाउँदा मृत्युको उच्च दर १८ सय (गत मंगलवार) देखिन्छ । यो रेकर्ड पनि अमेरिकाकै भागमा परेको छ । यो संख्या कम हुँदा स्थितिलाई सकारात्मक मान्ने हो भने हिजोको मृत्यु संख्या १ हजारभन्दा कम हुनु अमेरिकाका लागि खुशीको कुरा हो । हिजो त्यहाँ नयाँ संक्रमित संख्या पनि २० हजारको हाराहारी मात्र छ ।
तुलनात्मक आँकडा
कोभिड–१९ बाट अमेरिका मात्र पीडित होइन । मृत्यु संख्याको हिसाबले इटालीमा बढि समस्या देखिएको छ । करिब १९ हजार नागरिक उसले यो छोटो अवधीमा गुमायो । उपचारमा पनि सन्तोषजनक परिणाम हासिल गर्न सकेको छैन । यद्यपि संक्रमणमा भने उसले आफूलाई अमेरिका र स्पेनपछि तेस्रो स्थानमा रोकेर राखेको छ ।
स्पेनले संक्रमित संख्या बढि भए पनि इटालीभन्दा बढि आफ्नो जनसंख्या मुत्यु हुनबाट बचाएको छ । उपचारमा स्पेनको सफलतालाई जर्मनीले पछ्याएको छ । विश्वभर एक चौथाइभन्दा कम मानिसहरु उपचार सफल भएर घर फर्केका छन् ।
हालसम्म कोरोना संक्रमण संख्या १ लाखभन्दा बढि हुने देशहरु अमेरिका, स्पेनर इटालीबाहेक फ्रान्स र जर्मनी हुन् । यीमध्ये उपचार र मृत्युको चुनौतीलाई सामना गर्न जर्मनी धेरै हदसम्म सफल भएको मान्नुपर्छ । जर्मनीमा मृत्यु हुनेको संख्या अझै ३ हजारभन्दा कम छ । ५ हजारभन्दा बढि मृत्यु भइसकेका देशमा अमेरिका, इटाली, स्पेन, फ्रान्स र बेलायत हुन् । त्यसपछि पीडाको अवस्थामा इरान छ । चीनको त संक्रमित संख्या करिब ८ हजार ४ सय र मृत्यु संख्या ३३ सय हो, जुन अहिले स्थीर छ ।
माथिको अध्ययनले के देखाउँछ भने कोरोना भाइरसको प्रकोप युरोपको सबैभन्दा पश्चिमका ५ वटा देशहरु (स्पेन, इटाली, फ्रान्स, जर्मनी र बेलायत) मा फैलिएको छ । यीदेखि बाहेक अमेरिका प्रमुख छँदैछ । दक्षिण अमेरिकामा ब्राजिल बढि पीडित छ । अफ्रिका र दक्षिण एसियाका देशहरु कम पीडित देखिन्छन् ।
नेपालको पीडा
नेपालमा कोभिड–१९ को पहिलो बिरामी माघ महिनामा चीनबाट आएका एक नेपाली विद्यार्थी भेटियो । उनी हाल उपचारपछि सामान्य जीवन बिताइरहेका छन् । दोस्रो बिरामी १९ वर्षीय युवती एकैपटक चैत १० गते काठमाडौँमा फेला परिन् । उनी यति सचेत रहिछन् कि रोग थाहा नहुँदै र सरकारले आव्हान नगर्दै आफ्नै घरमा आइसोलेसनमा बसिन् । परिणामतः उनीबाट कसैलाई संक्रमण हुन पाएन । हाल उनी पनि सुरक्षित छन् ।
हालसम्म नेपालमा ९ जना बिरामी फेला परेका छन् । तीमध्ये ८ जना विभिन्न देशबाट भरखरै नेपाल फर्केका थिए । अर्थात् रोग उतैबाट बोकेर आएका थिए । तीमध्ये १ जनाबाट आफ्नो परिवारका सदस्य (भाउजू) मासंक्रमण भएको पुष्टि भएको छ । अन्य सबैको कन्ट्याक्ट ट्रेसिङ्ग अहिलेसम्म क्लियर छ । यद्यपि नेपालमा यो सामाग्री तयार पार्दासम्म ३५ सय २५ जनाको मात्र परीक्षण भएको छ । देशभरि ठूलो संख्यामा सेल्फ क्वारेन्टाइन र स्थानीय तथा प्रादेशिक सरकारले निर्माण गरेका क्वारेन्टाइनमा मानिसहरु बस्ने क्रम भने आजपर्यन्त जारी छ ।
नेपालमा सरकारले लकडाउन चैत ११ गतेदेखि निरन्तर लागू गरेको छ । यसलाई बैशख ३ गतेसम्म लम्ब्याउने निर्णय भएको छ । सरकारले यो महामारीको विषयलाई गम्भीरतापूर्वक ख्याल गर्दै उप्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिगठन गरेको छ । योबाहेक सबै मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहले समेत योजना बनाएर काम गरिरहेका छन् । यसका बाबजुद केही विवादास्पद निर्णय र काम हुनु विडम्बनापूर्ण छ । खासगरी स्वास्थ्य सामग्री आयात र व्यवस्थापनमा देखिएका कमजोरी निकै गम्भीर छन् ।
उपसंहार
सार्स–कोभ–२ भाइरसको संक्रमणले गर्दा विश्वभर फैलिएको कोभिड–१९ को महामारीबाट कोही पनि अछुतो छैन । धेरैजसो देशहरुमा लकडाउन लागू गरिएको छ । अर्थतन्त्र र रोजगारीमा ठूलो असर परेको छ । हवाई र सडक यातायात बन्द छन् । विद्यालय तहदेखि उच्च तहसम्मै पठनपाठनठप्प भएका छन् । त्योभन्दा बढि ज्यान जोगाउनै मुश्किल भएको छ ।
सबैभन्दा सुखद खबर के छ भने विगत ६ दिन यता नेपालमा कोही पनि संक्रमित भेटिएका छैनन् । अझ सुखद के छ भने विश्व स्वास्थ्य संगठनको हिजो प्रकाशित रिपोर्टअनुसार पछिल्लो २४ घण्टामा विश्वभर कुनै पनि नयाँ देश वा स्वायत्त क्षेत्रमा भाइरसको संक्रमण देखापरेको छैन । के यसलाई ‘कालो बादलमा चाँदीको घेरा’ मान्न सकिएला ? आमनागरिकका लागि अझै घरमै बसेर दुनियाँनियाल्नुको विकल्प छैन ।