Logo

कोरोना खोप विकासमा संलग्न दुई जना वैज्ञानिकलाई नोबेल चिकित्सा पुरस्कार



अमेरिका, १५ असोज । यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरुद्धको खोप विकासमा संलग्न अमेरिकी वैज्ञानिकद्वय डा.क्याटलिन कारिको र डा.ड्र्यु वाइसम्यानले संयुक्त रूपमा प्राप्त गरेका छन् ।

कोरोना भाइरसविरुद्धको खोप बनाउन प्रविधिको विकास गरे बापत उनीहरूलाई नोबेल चिकित्सा पुरस्कार प्रदान गर्ने निर्णय गरेको नोबेल पुरस्कार कमिटिलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

स्विडिस एकेडेमीले सोमवार एक कार्यक्रमका बीच चिकित्सातर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरेको हो । विजेतालाई स्वर्ण पदक र संयुक्तरूपमा १० लाख अमेरिकी डलर दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्