Logo

कोरोना संक्रमणबाट एक करोड ५० लाखको मृत्यु: डब्लूएचओ



काठमाडौँ, २३ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस संक्रमणका कारण विश्वभर करिब एक करोड ५० लाख मानिसको मृत्यु भएको अनुमान गरेको छ ।

यो २०२० जनवरी १ देखि २०२१ डिसेम्बर ३१ को बीच मृत्यु हुने संख्याको नयाँ अनुमान हो । हाल विश्वमा कोरोनाबाट ५४ लाखको मात्रै मृत्यु भएको आधिकारिक मानिएको छ । धेरै देशले कोभिडबाट मृत्यु हुनेको संख्या कम देखाएको डब्ल्यूएचओले जनाएको छ ।

डब्लूएचओले भारतमा मात्रै कोरोनाले ४७ लाख मानिसको मृत्यु भएको उल्लेख गरेको छ । यो संख्या आधिकारिक तथ्यांकभन्दा करिब १० गुणा बढी हो । तर, भारत सरकारले यो रिपोर्टमाथि आपत्ति जनाएको छ । भारतको आधिकारिक तथ्यांकअनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच लाख २३ हजार ९७५ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्