विराटनगर, १० असार । नेपालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीय महिलाको विराटनगरस्थित नाबेल अस्पतालमा मृत्यु भएको हो ।
मृतक महिलालाई सात दिनअघिदेखि श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् ।
परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो ।