Logo

कोरोना सङक्रमणबाट एक जनाको मृत्यु, ५६८ जना सङ्क्रमित थपिए



काठमाडौँ, ९ साउन । कोरोना भाइरसको सङक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा आज एक जनाको निधन भएको जनाइएको छ ।

यस्तै आज चार हजार ८०० परीक्षणमध्ये आज ५६८ जनामा सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ५३४ रहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ९५ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म होम आइसोलेशनमा तीन हजार ४०७, संस्थागत आइसोलेशनमा १२७, सघन उपचार कक्ष ९आईसीयू०मा २७ र भेन्टिलेटरमा दुईजनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्