काठमाडौँ, ८ साउन । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
लामो समयदेखि कोरोना सङ्क्रमणको कारण मृत्यु हुने क्रम रोकिएकोमा पछिल्लो समय फेरी मृत्यु हुने क्रम बढ्न थालेको हो ।
यस्तै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय जना नाघेको छ । २४ घण्टामा तीन सय ४७ जनामा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय ७७ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर र एन्टीजेन गरी तीन हजार आठ सय ८८ जनाको नमुना परीक्षण गर्दा तीन सय ४७ जनामा सङ्क्रमण देखिएको हो । यही अवधिमा ९५ जना निको भएका छन् ।