Logo

कोरोना सङ्क्रमित एक जनाको मृत्यु



काठमाडौँ, ४ वैशाख । कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार आज एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

आजै एक सय चार नयाँ सङ्क्रमित थपिएका हुन् । पाँच सय ७१ पिसीआर तथा एक हजार ६१ एन्टिजेन परीक्षण गरी जम्मा एक हजार छ सय ३२ नमूना परीक्षणमा एक सय चार जनामा सङ्क्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्