Logo

कोलम्बियामा बस दुर्घटना: बीस जनाको मृत्यु, १५ जना घाइते



कोलम्बिया, ३० असोज । दक्षिणपश्चिम कोलम्बियाको पान-अमेरिकन राजमार्गमा शनिबार बस पल्टिँदा कम्तीमा २० जनाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

कोलम्बियाको दक्षिणपश्चिमी सहर पास्टो र पोपायनमा उक्त दुर्घटना भएको हो । यो कोलम्बियाको दक्षिणपश्चिमी कुनामा रहेको तुमाकोको बन्दरगाह सहर र उत्तरपूर्वमा तीन सय २० किलोमिटर टाढा रहेको क्यालीको बीचमा यात्रा गरिरहेको डेली सबाले जनाएको छ ।

कुहिरोको कारण चालकले नियन्त्रण गुमाएका एक प्रारम्भिक समाचारमा जनाइएको छ । प्रहरी र दमकल विभागका उद्धारकर्मीहरूलाई गाडीलाई सीधा राख्न, घाइतेहरूलाई बाहिर निकाल्न र मृतकहरूलाई उद्धार गर्न नौ घण्टा लागेको, अल जजीराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्