काठमाडौं, १५ माघ । कोलम्बियाको उत्तरी क्षेत्र नोर्टे डे सान्तान्डर प्रान्तको ग्रामीण क्षेत्रमा विमान दुर्घटना हुँदा विमानमा सवार सबै १५ जनाको मृत्यु भएको छ ।
सरकारी एयरलाइन्स कम्पनी साटेना यो उडान सञ्चालन गर्ने कम्पनी हो । कम्पनीले घटनास्थलमा उद्धार टोली पठाइएको बताएको छ ।
विमान एचके ४७०९ उडान स्थानीय समयअनुसार बुधबार बिहान ११ः४२ मा राजधानी कुकुटाबाट ओकाना प्रस्थान गरेको थियो । ओकाना पहाडहरूले घेरिएको स्थान हो । यो उडान सामान्यतया लगभग ४० मिनेटको हुन्छ ।
एयरलाइन्सका अनुसार सानो विमानमा दुई चालक दलका सदस्य र १३ यात्रु सवार थिए ।







