Logo

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै



विराटनगर, २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।

संविधानको धारा १६८(३) अनुसार प्रदेश सभामा सबैभन्दा ठुलो दलको हैसियतले कोशीमा ३० दिन नेकपा एमाले संसदीय दलको नेता कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो । यसरी गठन भएको सरकारले संविधानको १६८(४) बमोजिम ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने व्यवस्था रहेकोले आज मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेका छन् ।

कोशी प्रदेशमा ठुलो दल नेकपा एमालेसँग ४० सांसद सङ्ख्या छ भने विपक्षी गठबन्धनसँग भने सरकार गठन गर्न आवश्यक ४७ मत छ । प्रदेश सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्