Logo

कोशीका मुख्यमन्त्री र पदाधिकारीको सुविधा वृद्धिविरुद्ध सर्वोच्चमा रिट



विराटनगर, २२ माघ । सर्वोच्च अदालतमा कोशी प्रदेश सरकारविरुद्ध रिट निवेदन दर्ता भएको छ ।

कोशी सरकारले मुख्यमन्त्री र पदाधिकारीको सुविधा वृद्धि गरेको विरुद्धमा सोमबार अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दंगालले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् ।

अधिवक्ताद्वयले संविधान विपरीत जारी भएको अध्यादेश खारेजीको माग गरेका छन् । सवोच्चका सूचना अधिकार गोविन्दप्रसाद घिमिरेका अनुसार उक्त रिटको सुनुवाइ बुधबारका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्