Logo

कोशीमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन, मुख्यमन्त्री र मन्त्रीले लिए शपथ



विराटनगर, २८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । उनले एमालेका रामबहादुर राना र कांग्रेसका विद्रोही सांसद शम्शेर राई मन्त्री बनाएका छन् ।

प्रदेश प्रमुखले शम्शेर मुख्यमन्त्री कार्कीको शपथपछि राई र राम बहादुर रानालाई शपथ गराएका छन् । कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् । उनी कांग्रेसका ८ सांसदको विद्रोह र एमालेको सहयोगमा मन्त्री बन्न सफल भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्