Logo

कोशीमा भीषण बाढी : खोलिए २९ ढोका



सुनसरी , २१ साउन । कोशी ब्यारेजमा आज १२ः०० बजे गरिएको मापन अनुसार पानीको बहाव प्रतिसेकेण्ड २ लाख २ हजार ४ सय ७५ क्युसेक मापन गरिएको छ । अहिले कोशी ब्यारेजका ५६ मध्ये २९ वटा ढोका खोलिएका छ ।

कोशी ब्यारेजमा आज पानीको बहाव करिब ५ लाख क्युसेक हुने अनुमान गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

बहाव बढ्दै गएकोले बिहानदेखि तटीय क्षेत्रको बासिन्दाहरूलाई सजग रहन सुनसरी प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्