Logo

कोशीमा सरकार गठनका लागि सभामुखले राजीनामा गर्ने



विराटनगर, १६ साउन । राप्रपाको साथ नपाएपछि कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनले अन्ततः सभामुखलाई राजीनामा गराउने भएको छ ।

गठबन्धनले प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको आज साउन १६ गते बेलुका ५ बजेसम्मको समयमा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा बहुमतसहित सरकार गठनको दाबी प्रस्तुत गर्ने भएको छ ।

सर्वोच्च अदालतले गत ११ गते संवैधानिक प्रक्रियाअनुसार गठन नभएको भन्दै नेपाली कांग्रेस संसदीय दलका नेता थापा नेतृत्वको सरकारलाई २२ दिनमै बर्खास्त गरिदिएको थियो । थापा नेतृत्वको सरकार गत असार २१ गते गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्