Logo

कोशीमा सर्वदलीय सहमतिको सरकार सम्भव छ: थापा



विराटनगर, ४ भाद्र । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कोशीमा सर्वदलीय सहमतिको सरकार सम्भव रहेको बताएका छन् ।

विश्वास मत लिन आजको बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले आह्वान गरेको सर्वदलीय सरकारको पक्षमा आफूले सकारात्मक ढंगले छलफल गरेको बताएका हुन् ।

कोशी प्रदेशमा सर्वदलीय सरकार बन्न सक्ने विषयमा आफ्नो दलमा समेत कुराकानी गरेको बताउँदै थापाले भने, “सर्वदलीय सरकार मान्ने अवस्थामा पुर्‍याएको हो । केन्द्रका नेताहरूले पनि यसबारे छलफल गर्नुभएको थियो । कांग्रेस र माओवादी केन्द्रका नेताहरूसँग पनि भएकै हो । तर त्यो आह्वानले किन सफलता पाएन?”

उनले सहमतिको सरकारको आवश्यकता भएकाले त्यही बिन्दुबाट पहल हुनुपर्नेमा जोड दिए । आगामी दिनमा हुने सम्भावित दुर्घटनालाई रोक्न बारम्बार प्रयास भए पनि त्यो टुंगोमा पुग्न नसकेको उनको भनाइ छ ।

उनले आफूले गरेका सबै काम राम्रो र अरूले गरेका सबै काम खराब भन्ने प्रवृत्ति बढेको बताए । आफूले गरेको गलत भए पनि सहज नै लाग्ने गरेको भन्दै उनले कानुनत: गरिएको गल्ती संविधानले नै जवाफ दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्