Logo

कोशी नदीको भंगालो फुटेर बस्तीमा पस्यो



उदयपुर, १८ साउन । कोशी नदीको भंगालो फुटेर उदयपुरको बस्तीमा पसेको छ ।

आज बिहान ४ बजेदेखि एउटा भंगालो बस्तीमा पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यो भंगालोलाई यसअघि नै रोक्ने प्रयास गरे पनि सम्भव नभएको र आज बिहान भंगालो फुटेर बस्तीमा पस्न थालेको प्राधिकरणका प्रवक्ता डा.डिजेन भट्टराईले जानकारी दिए ।

भंगालो उदयपुरको बेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै सिसौली टप्पु-चिलिया बस्ती पस्ने जोखिम छ । नदी बस्तीमा पसेपछि त्यहाँका झण्डै एक हजार घरपरिवार प्रभावित हुन सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्