विराटनगर, १७ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन् । शपथ लिएलगत्तै उनले तीन मन्त्री नियुक्त गरेका छन् ।
मुख्यमन्त्री थापाले प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुखसँग पद तथा गोपनियताको शपथ लिएलगत्तै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीपकुमार सुनुवारलाई मन्त्री नियुक्त गरेका थिए ।
मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका मन्त्रीहरुले पनि प्रदेश प्रमुखसामु पद तथा गोपनीयताको शपथ लिएका छन् ।
गौतमले आर्थिक मामिला तथा योजना, जबेगुले भौतिक पूर्वाधार विकास र सुनुवारले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।







