विराटनगर, २२ भदौ । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीको शपथ लिएका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले आज साँझ कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्की दोस्रोपटक कोशी प्रदेशको मुख्यमन्त्री बनेका हुन् ।
त्यस्तै एमाले सांसद तिलकुमार मेन्याङ्बो खानेपानी, सिँचाई तथा ऊर्जा, एकराज कार्की भौतिक पूर्वाधार पाँचकर्ण राई वन तथा वातारण मन्त्री र एमाले सचेतक सिर्जना राई समाजिक विकास राज्यमन्त्री नियुक्त भएका छन् । उनीहरूले पनि आजै शपथ लिएका छन् ।







