विराटनगर, २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका छन् ।
विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत नगरी राजीनामाको घोषणा गरेका थिए । आफ्नो पक्षमा बहुमत पुग्ने अवस्था नदेखेपछि उनले राजीनामा दिएका हुन् । सर्वोच्च अदालतको परमादेशपछि उनी गएको भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
कोशी प्रदेशमा अब संविधानको धारा १६८ (५) अनुसार प्रदेशसभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ । कोशीमा यस अघिका सबै विकल्पहरु प्रयोग भइसकेकोले धारा १६८ (५) पनि भने प्रदेश सभा विघटनको बाटोमा जानेछ ।






