Logo

कोशी प्रदेशका सभामुख गौतमले दिए राजीनामा



विराटनगर, १६ साउन । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् ।

गौतमले सभामुख रहेकै बेला मुख्यमन्त्रीमा उद्धव थापालाई समर्थन गरेका थिए । त्यहीबारेमा कानुनी प्रश्न लिएर नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेपछि थापाको सरकार नै ढलेको थियो ।

सरकार नै बन्न नसक्ने अवस्थामा समेत सहयोग गर्न नपाउने अवस्था र सभामुखका रूपमा विवादमा तानिइसकेको अवस्थाका कारण आफूले सभामुख पद त्याग्ने निर्णय गरेको गौतमले बताएका छन् ।

गौतमले मङ्गलवार दिउँसो उपसभामुख सृजना दनुवारलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा बुझाएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा पनि राजीनामा पत्र पठाएका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीका संसदीय दलका नेताले हस्ताक्षर गरी उद्धव थापालाई नै मुख्यमन्त्रीमा समर्थन गर्ने र थापाले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्री प्रस्ताव गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्