Logo

कोशी प्रदेशको नामकरणबाट एमाले पछि हट्दैन: अध्यक्ष ओली



काठमाडौँ, १७ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामकरणबाट पार्टी पछि नहट्ने स्पष्ट पारेका छन् ।

आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग सक्षिप्त कुराकानी गर्दै ओलीले कोशी प्रदेशको नामकरणबाट अन्य दल पछि हटे पनि एमाले पछि नहट्ने बताएका हुन् ।

कोशी प्रदेशको नामकरणमा मत दिने नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा सबै भागेको तर एमाले नभाग्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्