विराटनगर, १६ साउन । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी)का चार र जसपाका एक सांसदको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।








